7/24/2016 Nagarik 1९७३ - भूकम्पका कारण ३२ प्रतिशतमा उदासीनताको समस्या € () भूकम्पका कारण ३२ प्रतिशतमा उदासीनताको समस्या (Nttp://www.nagariknews.com/) y ७।३२(७|२, ०९ रा15न4 २०७३, ११ : ५८ आइतबार, ०९ साउन २०७३, १० : GC | नागरिक (/news/author/880) ०१1 (nttos://www.tacebook.com/IslingtonCollege) काठमाडौं-गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ (http://goo.gl/C7GLoQ) प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ। बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निंकालेको हो । तीनवटै जिल्लाका ५१३ जना भूकम्प प्रभावित व्यक्तिसँग गरिएको अनुसन्धानमा उदासीनताको समस्या देखिएको छ। त्यस्तै ३०.८ प्रतिशतमा चिन्ता, २०.४ प्रतिशतमा लागुपदार्थ तथा टुव्रयसनीको समस्या, १०.९ प्रतिशत व्यक्तिमा आत्महत्याको समस्या र ५.२ प्रतिशतलाई आघातजन्य घटना भएको जनाइएको छ | अनुसन्धान प्रमुख नगेन्द्र लुइँटेलले मानसिंक समस्याबाहेक ८२.९ प्रतिशत व्यक्तिमा अझै डर, ५५.८ प्रतिशतमा निद्राको समस्या, ३२ प्रतिशत व्यक्तिलाई बिनाकारण चिन्ता लाग्ने, ३१ प्रतिशतमा खाना खान मन नलाग्ने गरेको बताउनुभयो । यस्तै उहाँले ३०.९ प्रतिशतलाई केही काम गर्न जाँगर नलाग्ने, २८.९ प्रतिशत व्यक्ति टोलाइ रहने, २१.३ प्रतिशत व्यक्तिलाई अझै पनि भूकम्प आउँछ कि भन्ने डर हुने गरेको बताउनुभयो । अनुसन्धानले ६० प्रतिशत व्यक्तिमा बस्ने ठाउँको आवश्यकता रहेको, ४१ प्रतिशत व्यक्तिले तनाव व्यवस्थापन र मानसिंक समस्याको सहयोग खोजेको, ४१ प्रतिशतले जीविकोपार्जनको खोजी, ३३ प्रतिशतले खानेपानीको राम्रो प्रबन्ध नभएको, ३० प्रतिशतले शौचालय समस्या, २३ प्रतिशतले सरसफाइ, २३ प्रतिशतले नियमित खानाको समस्या रहेको बताएको लुइँटेलले http://www.nagariknews.com/news/2422 1/8