मैले नेपाली हुन अरु के गरौँ ? | ।वेचार/वें१लेषण 07/08/2015 09:46 मैले नेपाली हुन अरु के गरौं ? ग्रेखर गोल्छा 0. ॥ 2 | on १ आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु- यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा- जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो- उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ । मलाइ सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । रातो चन्द्र-सूर्य आफो छातीमा राख्न पाउँदा मलाइ गव लाग्छ । विदेश श्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखें, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत We | तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो, “मैले त हाम्रो राजदूतलाई भनिदिएँ- त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।' मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधैं, “दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?” उहाँले सिधै जवाफ दिनुभयो, “मैले रगत नेपाली भनेको ।' त्यो सुनेपछि मैले आजसम्म त्यत्रो इज्जत गरेको व्यक्तिप्रतिको सम्मानमा मात्र आँच आएन, मेरो मनमस्तिष्कमा एउटा प्रश्नतसमेत तेसियो- यति सम्मानित व्यक्तिको मनमा त यस्तो भावना रहेछ भने अरुले पनि त यस्तै सोच्दा होलान्‌ । त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफो जीवनको पहिलो लेख लेख्दैछु काठमाडौंको गणबहालमा जन्मेको मैले आफो बाल्यकाल सधैँ वरिपरि छिमेकमा रहेका साथीहरूसँग बिताएँ । सानो हुँदा ने नेवार साथीहरूसँग नेवारी बोल्न सिक्ने प्रयास गरेँ । प्राय: बोल्न खोज्दा साथीहरू हाँस्थे, तर तिनका बुबाहरूले स्याबास भन्दै पाँच पैसामा पाइने पीपी दिनुहुन्थ्यो । त्यो उपलब्धिसँगै मैले सो समुदायमा आफो परिचय पाएको थिएँ। nttp://www.ekantipur.com/np/2072/4/22/tull-story/414243.ntml Page 2 of 8