हेन्दुराष्ट्र' ।वेरुद्ध उभियो चर्च अफ स्कटल्यान्ड | समाचार 31/07/2015 10:27 abst Gata < नयाँ बैंक खोल्न कम्तीमा १० अर्ब “हिन्दुराष्ट्र, विरुद्ध उभियो चर्च अफ स्कटल्यान्ड SO) नवीन पोखरेल 2000) (HURCH OF SCOTLAND लन्डन, श्रावण १५ - नयाँ संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने माग देश-विदेशबाट बढिरहेका बेला दी चर्च अफ स्कटल्यान्डले भने धामिक स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै आपत्ति जनाएको छ। उसले बेलायती विदेशमन्त्री फिलिप द्यामन्ड र स्कटिस युरोप तथा अन्तर्राष्ट्रिय विकासमन्त्री हम्जा युसाफलाई बेश्लाबेग्रै ज्ञापनपत्र दिँदै धामिक स्वतन्त्रता हटाइन हालै नेपालको संसदमा भएको बहसप्रति आफो ध्यानाकर्षण भएको उल्लेख गरेको छ। पत्रमा प्रत्येक नागरिकको धर्म रोज्न पाउने मौलिक अधिकार हनन हुन लागेकोप्रति चिन्ता व्यक्त गर्दै चर्चले त्यसो गरिनु संयुक्त राष्ट्रसंघको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिविरुद्ध हुने पनि दाबी गरेको छ। नेपालले सन्‌ १९९१ मा उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो। उक्त चर्चका मोडेरेटर डा.अन्गस मोरिसनले विश्वभर धामिक स्वतन्त्रतामाथि धम्की बढिरहेको उल्लेख गर्दै नेपालमा रहेका मित्र तथा आफा साझेदारहरूलाई नेपाल सरकारसँग धामिक स्वतन्त्रताका पक्षमा आवाज उठाई नयाँ संविधानमा सुनिश्चित गर्न आग्रह गरेका छन्‌। पत्रमा अझै पनि समय बाँकी रहेको उल्लेख गर्दै यसबारे पुनविचार गर्न आग्रह गरिएको छ। नेपालले अन्य धेरै गम्भीर मुद्दा सामना गरिरहेको स्मरण गराउँदै ज्ञापनमा अन्तर्राष्ट्रिय सूक्ष्म परीक्षणबिना गरिने परिवर्तनले संकट निम्त्याउन सक्ने चेतावनी समेत छ। चर्चले यसै वर्षको अन्त्यतिर धादिङमा पुननिर्माण तथा पुनःस्थापनामा सघाउन एक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको छ। चर्चको वल्र्ड मिसन काउन्सिलका स्यान्डी खरेडोनले आगामी अगस्टमा नेपाल गएर कहाँ काम केन्द्रित गर्ने भन्नेबारे छलफल गरिने जनाएका छन्‌। नेपाल सन्‌ २००८ मा धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको थियो। उक्त चर्चले सन्‌ १८७० मा कालिङपोङमा मिसन स्थापना भएयता नेपालसँग सम्बन्ध गाँसिएको स्मरण गर्दै सन्‌ १९५४ देखि युनाइटेड मिसन टु नेपालमार्फत सहयोग गरिरहेको पनि जनाएको छ। यसअघि नेपालमा क्रिस्चियन धर्मका पक्षमा वकालत गर्दा नेपालका लागि बेलायती पूवेराजदूत एन्ड्रियु स्पार्कस्‌ विवादमा तानिएर राजीनामा गर्न बाध्य भएका थिए। तर, स्पार्कस्ले भने त्यो आरोपको खण्डन गर्दै आएका छन्‌। यसअघि नेपलिज हिन्दु फोरम यूकेले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न माग गर्दै लन्डन दूतावासमार्फत प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिएको थियो। हिन्दुत्व नेपालीहरूको पहिचान भएको उल्लेख गर्दै ज्ञापनमा नेपालका अल्पसंख्यक धामिक सम्प्रदायलाई धामिक स्वतन्त्रतासहित हिन्दुराष्ट घोषणा गरिनुपर्ने जिकिर छ। नेपालमा ८१ प्रतिशतभन्दा बढिले हिन्दुत्व अनुशरण गर्ने nttp://www.ekantipur.com/np/2072/4/15/tull-story/413720.ntml Page 2 of 5