|
|
आधांनेक “वेष्ठ'हरूसँग दलित सवाद | ।वेंचार/वे१लेषण 28/07/2015 15:40
alist] €#4late
३३ सालमा नख्खु जेल ब्रेक गर्नेल इइ अहिले माफो
मधेसी मोर्चाद्वारा कोइरा ला- ओलीसित वाकीकङ्गरर
:: गृहपृष्ठ » विचार/विश्लेषण »
$
संवाद er SF |
म] ।
द् रर"
। १ ee
वक ति, का ही
१. ROA es क ते Sy ee
“tte Eee ee ॥
वर्णव्यवस्थाजन्य जातप्रथामा आधारित तीन हजार वर्षभन्दा लामो सामन्तवादी उत्पीडनमा पिसिँदै आएका नेपाली दलित
समुदाय संविधानको मस्यौदा जारी भएपछि पुन: एकपल्ट नराम्रोसँग झस्किन पुगेका छन् । पहिलो र दोस्रो संविधानसभाले
सर्वसम्मतिले गरेका दलित अधिकारसम्बन्धी व्यवस्था मस्यौदा समितिबाट एकाएक कुरूप बनेर आएपछि दलितमात्र
होइन, न्यायप्रेमी सबैलाई त्यसले अचम्भित पार्न पुगेको छ । अहिले जारी गरिएको मस्यौदाको दलितसम्बन्धी व्यवस्थालाई
नसच्याउने हो भने जनसंख्याको १३ प्रतिशत हिस्सा ओगटेको दलित जीवन फेरि पनि युगौंसम्म समाजको पिँधमा रहने
निश्चित छ |
पहिलो संविधानसभाका प्रतिबद्धता
पहिलो संविधानसभाभित्र लगातारको बहस र छलफलपछि सबै पाटामा रहेका अग्रगामी चेतनाका गैरदलित सभासदको
दृढ समर्थनमा संविधानसभाको पूर्ण सदनले बिना फरक मत दलितबारे महत्त्वपूर्ण मौलिक हक अन्तर्गत व्यवस्था गरेका बुँदा
यस्ता थिए :
१) कुनै पनि स्थानमा (निजी वा सावेजनिक) कुनै पनि प्रकारको छुवाछुत, भेदभाव गर्ने नपाइने, गरेमा गम्भीर सामाजिक
अपराध मानी दण्डनीय हुनेछ ।
२) राज्यले भूमिहीन दलितलाई एकपटक जमिन उपलब्ध गराउनु पनेछ |
३) आवासविहीन दलितका लागि राज्यले बसोबासको व्यवस्था गर्नेछ ।
४) दलित समुदायका व्यक्तिलाई निजामती सेवा, सेना, प्रहरी लगायत राज्यका सबै निकाय र क्षेत्रमा समानुपातिक
आधारमा रोजगारी प्राप्त गर्न हक हुनेछ ।
nttp://www.ekantipur.com/np/2072/4/12/tTull-story/41351/7.ntml Page 2 of 8
|
|
|