08/06/2015 16:55 विपतमा समेत जातीय छुवाछुत | मुख्य समाचार विपतमा समेत जातीय छुवाछुत TAIT TAT il 3 E) | 6 2) क भक्तपुर, जेष्ठ २५ - हनुमन्ते खोलाले छुटयाउंछ भेलुखेल र आदर्श चोकलाई । भक्तपुर-१ १ स्थित भद्रकाली मन्दिर छेउमा पर्न यो दलित बस्ती भैलुखेल भूकम्पबाट सर्वाधिक क्षति हुनेमध्येमा पर्छ । छेवैको आदर्शमा महर्जन (किसान) बस्छन्‌ । हनुमन्ते खोलामा हिजोआज पानी होइन, ढल बग्छ । यही खोलाको ढलले राजधानी काठमाडौंदेखि १० किमी नजिकको नेवार बस्तीका “माथिल्लो जाति' र “तल्लो जाति' लाई आपसमा छुट्टयाएको छ। भारत चण्डोगढबाट आएको १४ जनाको टोली '“शिवपार्वती सेवा दल' महाभूकम्पलगत्तै राहतका लागि आयो । भैलुखेलका गरिब दलितहरुको नाजुक अवस्था बुझेपछि उक्त टोलीले दलित बस्तीका १ सय ३० घर द्यौलाहरुलाई केन्द्रित गर्दै सामुहिक भान्छा चलाउने निर्णय गच्यो । छेवैको महर्जन समुदायलाई समेत भान्छामा सहभागी हुन आग्रह गरे, भारतीयले । भेलुखेलभन्दा बाहिरी क्षेत्रमा बस्ते किसान (महर्जन) समुदायले द्यौला बस्तीमा मेस राख्ने चण्डोगढ टोलीको निर्णयप्रति आपत्ति जनाए । दलितसँग एउटै भान्छामा नखाने भन्दै उनीहरुले आफो टोलमा मेस राखिनुपर्ने माग राखे । भारतीयले भने, “हामीले यहाँका गरिब दलितहरुका लागि भनेर सहयोग ल्याएका हौं । त्यसैले यहीँ द्यौलाहरुकै बस्तीमा खाना पकाउने र यहीँ खान दिने योजना छ ।' महर्जन (किसान) हरुले तुरुन्त फर्काए, “हामी उनीहरुले छोएको खांदैनौँ । हाम्रा लागि छुट्ट मेस चाहिन्छ ।' भारतीय टोलीले आफूसँग आएका कुकले दुई मेस चलाउन नसक्ने बाध्यता सुनाएपछि किसान समुदायका प्रतिनिधिले भने, “त्यसो भए काँचै भए पनि चाहियो । चामल, दाल जे भए पनि हामीलाई आधा चाहिन्छ ।' त्यसपछि भारतीयहरुले आफा लागि भनेर ल्याएको खानेकुरा कथित्‌ माथिल्लो जातका लागि छुटयाएर दिन बाध्य भएको भेलुखेलका ७२ वर्षीय दिलबहादुर द्यौलाले सुनाए । सुरुमा भारतीयले त्यसो गर्न मिल्दैन, यही टोलमा खान आउनुभयो भने दिन्छौं भनेका थिए, तर स्थानीय उपल्लो जातका सदस्यहरुले मेस राख्नै नदिने भनेपछि राहतका लागि आएका उनीहरुले समेत सम्झौता गरेको दिलबहादुरले सुनाए । बेलासमेत ठलो जात, सानो जात भनी छुट्याउदा मेरो मनै रोएको छ ।' दिलबहादुर त्यतिखेर भक्कानिए, जब छेवैको आदशं आधार उच्च माविका पढालेखा अध्यापकले समेत द्यौलाले छोएको नखाने भनी आपत्ति जनाए । nttp://www.ekantipur.com/np/2072/2/25/tull-news/410453.htm! Page 2 of 5