लाप्राकवासी गुम्सीपाखा सर्लान् कि नसर्लान् माइकल हट र, खेम श्रीष 58 मिनेट पहिले [photograph] तस्वीर कपीराइट — MICHAEL HUTT बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ। बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्केको पहाडी भेगमा २,१०० मिटरमा अवस्थित छ। बारपाकका ४,९८५ जनसङ्ख्यामध्ये अधिकांश घले र गुरुङ जातिका छन् र लाप्राकका २,१६१ जनसङ्ख्यामध्ये अधिकांश गुरुङ जातिका छन्। दुवै गाउँमा दलितहरूको पनि सानो सङख्या छ। भूकम्पले ध्वस्त गाउँहरू दुवै गाउँका मानिसहरूमा ब्रिटिश र भारतीय सेनामा काम गर्ने परम्परा रहिआएको छ। कैयौँ युवा खाडी मुलुक र अन्य देशमा कार्यरत छन्। लाप्राकका कैयौँ युवा पथप्रदर्शक र भरियाका रूपमा पर्यटन व्यवसायमा पनि लागेका छन्। दुवै गाउँ २०७२ सालको भूकम्पमा झण्डै सम्पूर्ण रूपमा ध्वस्त भएका थिए। तर दुई ठाउँको भूकम्पपछिको अनुभव भने आकाश-पातालले फरक छ। https://www.bbc.com/nepali/news-48049766