ढल्यो रे नि धरहरा !

Material Information

Title:
ढल्यो रे नि धरहरा !
Series Title:
कान्तिपुर
Alternate Title:
Kantipur
Creator:
गौतम, सरला
Gautam, Sarla
Publisher:
Kantipur Daily
Publication Date:
Copyright Date:
© 2015, Kantipur Digital Corp
Language:
Nepali
Physical Description:
1 newspaper article

Subjects

Subjects / Keywords:
Earthquake impacts ( sway )
Earthquake damage ( lcsh )
भूकम्पका प्रभावहरु ( sway )
Earthquakes of 2015 ( sway )
Nepal Earthquake, 2015 (April 25) ( LCSH )
२०७२ का भूकम्पहरु ( sway )
Earthquakes ( lcsh )
Genre:
newspaper ( sobekcm )
Temporal Coverage:
20150425 - 20150509
Spatial Coverage:
Asia -- Nepal -- Kathmandu
एशिया -- नेपाल -- काठमाडौं
Coordinates:
27.7 x 85.333333
Target Audience:
General ( marctarget )

Notes

Scope and Content:
प्रतिलिपि: http://kantipur.ekantipur.com/printedition/news/2015-05-29/347479.html Copied from: http://kantipur.ekantipur.com/printedition/news/2015-05-29/347479.html ढल्यो रे नि धरहरा ! - सरला गौतम जेष्ठ १५, २०७२-वैशाख बाह्र गते १ बजे जाजरकोट सदरमुकाम खलंगा पुगियो। थाहा भइसकेको थियो, भुईंचालोले एकछिन अघि हल्लाएको धर्ती जाजरकोट मात्र होइन रहेछ। मुस्किलले टिपेको नेटवर्कमा काठमाडौंको खबर मोटरमै सुनियो। स्वाइन फ्लुको महामारीमा सघाउन औषधि बोकेर हामी रेडक्रसको मोटरमा त्यहाँ पुगेका थियौं। हाल बुझ्ने उपाय नपाएर सबैको अनुहार सोहोरिएको थियो। हुलमुलमा कसैले सुनायो, लौ ढल्यो रे नि धरहरा पनि। विपत्ति सानो होइन भन्ने थाहा भइहाल्यो। स्थानीय रेडियोले एकछिनमा समाचार बजाउन थाले। एउटा पसलमा बजेको रेडियोमा मौरीका बथान जसरी सबै झुरुप्प। विपत्ले क्षणमै आफन्त बने नचिनेका अनुहारहरू। फोन नलागे पनि परिवार र साथीभाइको कल्पना गरेर छट्पटिनुबाहेक उपाय रहेन। बिस्तारै आफन्तको आवाज सुनियो, बल्ल तल्ल लागेको फोनमा। मोटरबाटो फर्केर काठमाडांै जाने हालत छैन भन्ने सुनियो। आत्तिँदै सदरमुकाम बस्नुको अर्थ नदेखेपछि काठमाडौंबाट स्वास्थ्य चेतना बढाउन गएको अर्को टोलीको पछि लागेर जाजरकोटको विकट गाविस रक्दा र भगवतीतिर गएँ। काठमाडौंबाट आएको भनेपछि मान्छेहरू सबै माया आँखामा सोहोरेर सोध्थे, सबै ठिकै छ नि? बोल्दा अन्तिममा नि भन्ने भन्ने त्यताको लयसहितको बोली। विपत्को बेला बिरानो ठाउँ। आफन्त र साथीभाइको स्वर सुनिन्न। उनीहरूकै मायाले सबै भुलाउँथ्यो। अक्करे भीरमा कच्ची बाटो। महामारीको डरले सबैको मुखमा मास्क। तैपनी जिपमा गाना बजेकै थियो। पुलवारि जाजरकोट पुलपारि रुकुम। एकैछिनमा रुकुम एकैछिनमा जाजरकोट। कस्तो लुकामारी महिला भएकाले अगाडिको सिट पाइएको थियो। अर्की पनि थिइन् मेरी साथी मास्क लगाएकी। आँखाले पुलुक्क हेरिन् मतिर। मन मानेनछ मास्क खोलिन्। हाल सोधिन्। मैले बताएँ। कठै गएछ है धरहरा। मैले सोधें, जानुभएको छ काठमाडौं? उनले भनिन्, छैन नि फेसबुकमा देखेको। आजकल फेसबुकले सबै देखाउँछ। उनी रहिछन्, कल्पना विक, २७। श्रीमान् मलेसियाका लाहुरे। रुकुमको चौरजहारीमा इन्टरनेट चल्ने पसलमा आएर मोबाइलमा कुराकानी गर्छिन् रे। उनले सुनाइन्, श्रीमान् लाहुर फर्कने बेला जाम्ला, काठमाडौं र धरहरा हेरम्ला भन्ने थियो। उनको रहर ढलेछ। रक्दा गाविस पुग्दा झमक्क साँझ परिसकेको थियो। बेस्सरी हुरी चल्यो, घरै लैजाला जसरी। यस्तैमा थियो बास। सोलारको उज्यालो। मान्छेहरू गोलबन्द भएर टीभी हेरिराखेका। च्व च्व च्व... भन्थे सबै। मलाई हेर्न गाह्रो भयो। सबैले मलाई करुणा भरिएका आँखाले हेरे। कुरो उही थियो काठमाडौंको टोपी धरहराकै। भोलिपल्ट भगवती गाविस पुगियो। अँगेनाछेउमा बसियो अठार वर्षकी कमला बुढाको घरमा। उनकी आमा आगो बाल्दै थिइन्। उनले पनि भनिन्, कठै धरहरा, मन दुख्याको। कमला र उनकी बहिनीले आमालाई जिस्काए, बड्डी धरहरा देख्या नाइँ निकै गफ लाउँछिन्। आमा कड्किन देख्न पर्दो क्या मया मान्न। नदेखे पनि, नघुमे पनि उनीहरूको काठमाडांैप्रतिको माया देखेर म छक्क पर्थें। आफ्ना गाउँघरतिरको महामारी बिर्सेका थिए सबैले। भेलिपल्ट गाउँ चहारे। एउटा पसलमा पुगें। हँसिली धनकुमारी, ५५ सँग भेट भयो। उनी पहिलोपटक काठमाडांै गएर फर्केकी रहिछन्। फर्कने दिनमा सामान बाँध्दै गर्दा भुईंचालो आएछ। छोरा मलेसियाबाट फर्केर लोकदोहोरीको एल्बम निकाल्न नयाँ बसपार्कमा बसेका रहेछन्। उनले भुईंचालोको खबर सुनाइन्, सुइय्य सिठी मान्र्या, आयो आयो भन्न्या। मन्ठे जति एकै ठाउँ डल्लो। उनी हातका पार लगाई लगाई बात मार्थिन् वरिपरि मान्छे जिल खाएर सुन्थे। फेरि भनिन्, नित्ति जमिन हँदो, त्यसमै कैलाश ठडाउँदा। त्यसको अर्थ थियो, अलिकति जमिनमा कैलाश पर्वत जत्रा घर छन्। उनका कुरा सुनेर आँखा ठूला ठूला पार्दै अर्की महिलाले फेरि हातको पारले सोधिन् नित्तिआँ कैलाश। उनीहरू नित्तिआँ कैलाशले जिल खाएँ म उनीहरूका गफले। जिल्लाका मान्छेहरूका लागि सुन्धारा र बसपार्क आफ्नै आँगनजस्तो। काठमाडौं आएपछि प्राय:को बास कि त बसपार्क कि सुन्धाराका गेस्टहाउसमा। त्यसैले त खिल दुखेसरि भएका थिए उनीहरूका मनहरू धरहरा ढलेको खबरले। रुकुम, गोदामकोट गाविसको होली गाउँ डुल्दै थिएँ। हलो जोतेर मकै छर्दै गरेका एक वृद्धले बोलाए। नयाँ अनुहार देखेर होला। एकैछिनमा सप्पै परिवार एकैठाउँमा झुरुप्प आयो। कुरो उही भुईंचालो र काठमाडौं। कठै च्व च्व उनीहरूको मुखबाट उही ध्वनि निस्कियो। माया बढी सुन्धारा र धरहराकै। भने, के गर्न जाँदा बस्ने ठाउँ पनि त्यै, परदेसिएका आफन्त आएर झोला बिसाउने ठाम पनि त्यै। स्कुलको किताबमा धरहरा पढेकी, मोबाइल फोनमा फोटो देखेकी रुकुमकै १३ वर्षे किशोरी दीपा शाहीले भेरी नदीको किनारमा माया गरिन् धरहरालाई। कैले जाम्ला काठमाडांै कैले हेरम्ला धरहरा मन कुँडिएर निक्लेको उनको आवाज भेरीमा हरायो। मसँग गएको टोली जाजरकोटको भगवती गाविसबाट फक्र्यो। त्यसपछि म हिंड्दै डोल्पा पुगें। भेरी नदीको किनारै किनार। कालिका गाविसको त्रिवेणी भन्ने ठाउँमा बास थियो। पूजा होटलकी सञ्चालिका २३ वर्षे पूजा आफ्नो मोबाइलमा धरहराको फोटो हेर्दै थिइन्। मैले क्यामेराले त्यो दृश्य खिच्न खोजें। उनले छक्क पर्दै भनिन्, दिदीले त काठमाडौं गएर हेरे भइहाल्यो नि। डोल्पाको सदरमुकाम दुनैमा थिन्ले दाइ (क्याराभानका हिरो) मेरा छिमेकी थिए। झ्याल झ्यालबाट बात मार्न मिल्ने। उनलाई मान्छेहरूले माया गरेर क्याराभान भन्दा रहेछन्। उनीसँग कुराकानी हुने नै भयो। धरहरा सुन्धाराका अलावा उनको मन बौद्धको चोटले टुटेको रहेछ। उनी मेरो दिल छ बौद्धमा... शैलीमा पीर पोखिरहन्थे। भन्थे न संविधान नबनेर देउता रिसायो, त्यसैले आयो कि भुईंचालो। त्यसपछि से फोक्सुन्डोका लागि बाटो तताएँ। छेक्पा भन्ने ठाउँमा बास पर्यो, पहिलो दिन। कृषि कार्यालयका साथीहरू पनि थिए। त्यही दिन रामेछापमा भुईंचालो गएछ। रामेछापका एकजना तन्नेरी फोक्सुन्डोमै ठेक्कापट्टा गर्दा रहेछन्। उनको मन रामेछाप उडेको थियो। होटलभरि भीड थियो। सबै उनलाई सान्त्वना दिन्थे। एक वृद्धले झ्यालमा रेडियो बटार्दै थिए। धन्न टिप्यो, रेडियो नेपाल। तर के गर्न खबर सुखको थिएन। त्यसपछि काठमाडांै छिरेकै दिनमा पूरै सहर चहारें। मनमा दुइटा कुरा खेलिरहे, नित्तिमा कैलाश र ढल्यो रे नि धरहरा। प्रकाशित: जेष्ठ १५, २०७२ कान्तिपुर Used with permission. © Copyright Kantipur Digital Corp., 2015 ( Nepali )
General Note:
जेष्ठ १५, २०७२ (Nepali Calendar) = 29 May 2015 (Gregorian Calendar)

Record Information

Source Institution:
SOAS, University of London
Rights Management:
© Copyright Kantipur Digital Corp., 2015. Used here with permission.