6/12/2016 मधेसमा विभेद हटाउन “उपल्लो' जातकाले क्षमा माग्ने अभियान सुरु नेपालको डिजिटल पत्रिक्ता मधेसमा विमैद हटाउन उपल्लो" जातकाले क्षमा माग्ने अभियान सुरु शोमा शर्मा काठमाडौँ जेठ २९ मधेसी बुद्धिजीवी तुलानारायण साह आफ्नै गाउँका देवनारायण मरिकको घरमा शुक्रबार बिहान पहिलो पटक गए । सप्तरी गोइठीस्थित उनको गाउँका डोम जाति हुन्‌ देवनाराण। जब साह देवनारायणको आँगनमा पुगे, उनका छोरा घरभित्र लुकिहाले। पछि मात्रै थाहा पाए, ती बालक त साहलाई पुलिस ठानेर लुकेका रहेछन्‌। राज्यसँग मधेसी बालकको त्यस्तो घक साहका लागि नौलो होइन। उनी तराईको विभेदलाई लिएर गरिने टीकाटिप्पणीको जरो उखेल्न भनेरै देवनारायणको आँगनमा पुगेका थिए। 'म तपाईंको घरमा चिया खान आएको,' साहले देवनारायणसँग भने। यस्तो सुनेर उनीहरुको अनुहारको रंग नै उड्यो। 'हुन पनि म उनीहरु हाम्रो गाउँ आएको ३० वर्षपछि त्यो आँगनमा पुगेको थिएँ,' साहले सेतोपाटीसँग भने, 'मैले कुरा बुझाएपछि भने उनीहरु खुसी भए।' मधेस समाजको जातीय छुवाछुत र विमेद अन्त्यका लागि आफू उनको आँगनमा आएको साहले देवनारायणसँग भनेका थिए। आफू कथित उपल्लो जातको भएर जानअन्जान देवनारायण र उनको समुदायमाथि गरेको अन्यायका लागि माफी माग्न साह त्यहाँ पुगेका थिए। “आजसम्म हाम्रो पुर्खाले बसालेको रीतिले मैले पाएको विशेष सुविधाकै कारण तपाईंले भोग्नुपरेको अन्यायका लागि क्षमा माग्न आएको,” तुलानारायणले यसरी माफी मागेका थिए। के भन्ने के अलमलमा परेकी देवनारायणकी श्रीमती मित्र छिरिन्‌। उनको घरमा द्वध रहेनछ। रित्तो भाँडो लिएर गाउँतिर fest लाग्दा साहले भने, 'रातै चिया बनाउनुस्‌ न!' साह मरिकको आँगनमा भएको हेर्न गाउँलेहरु पनि आइपुगेका थिए। आफूलाई सधैँ सानो जातको सम्झिएर खुम्चिएका दलितहरुको अनुहारमा खुसी देखेर साह दंग परे। 'हामीले कथित उपल्लो जातको भएर पाएको विशेष अधिकारका लागि माफी मागेर सामाजिक समस्या हटाउने सानो प्रयास गरेका हौं,' साहले भने, 'म यहाँ बसुन्जेल दलित समुदायको घरमा गएर माफी माग्ने छु।' तराईको कुरा गर्दा सधैँ आरोप लाग्ने गर्छ, मधेसमा छुवाछुत ज्यादा छ, महिला हिंसा ज्यादा छ। यस्ता आरोप उनीहरुले काठमाडौँमा ज्यादा सुनेका थिए। उनीहरुलाई थाहा थियो यस्तो सामाजिक समस्या तराईमा घेरै छ। 'राजनीतिक अधिकारका कुरा गर्दा खास गरी हामीलाई यस्तो आरोप लगाइने गरिएको थियो,' उनले भने, 'पहाडमा पनि यस्ता विमेद छन्‌ तर मधेसको कुरा उठ्दा पहाडलाई देखाएर त हामी बाँच्ने कुरा भएन। त्यसैले मधेसको राजनीतिक अधिकार प्राप्तिका लागि सामाजिक समस्याविरुद्ध पनि काम गर्नुपर्छ भनेर यो अभियान चलाइएको हो।' केही दिनअघि अधिवक्ता दिपेन्द्र झा, पत्रकार प्रशान्त झा, राकेश मिश्र लगायतले विमेदका लागि क्षमा माग्ने अभियान सामाजिक सञ्जालमार्फत सुरु गरेका हुन्‌। सामाजिक परिवर्तनका लागि आफूहरुले यस्तो अभियान सुरु गरेकोअधिवक्ता दिपेन्द्र झाले सेतोपाटीलाई बताए। 'हामी देश बनाउने प्रक्रियामा छौँ तर मधेस लगायतका ठाउँमा घेरै जाति विशेष, लिङ्ग या समुदायले आफूलाई तल्लो दर्जाको सम्झिने गर्छन्‌,' झाले भने, 'उनीहरु भावनात्मक रुपमै पनि धेरै पीडित छन्‌, त्यो कतै न कतै हामी उपल्लो जाति र विशेषा भनिएका समुदायका कारण भएको हो। नयाँ सुरुआत गर्न विगतमा भएका विभेद हटाउने पहिलो सुरुआत के गर्न सकिएला सोच्दै http://setopati.com/raajneeti/4808 // 1/2